एमाले कास्कीमा उम्मेदवार सिफारिस, खगराज सर्वसम्मत

पोखरा, असोज १८ ।
एमाले नेता खगराज अधिकारी कास्की १ बाट एमाले उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका छन् । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उनलाई एमालेले सर्वसम्मत प्रश्ताव गरेको हो ।
पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीको नाम मंगलबारको एमाले कास्कीको बैठकबाट सर्वसम्मत पारीत गरिएको हो । प्रतिनिधि सभाका लागि कास्की ३ बाट जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम प्रश्ताव भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको तालमेलका कारण क्षेत्र नम्बर २ को र प्रदेश सभाको छनौट भने स्थगित भएको एमालेले कास्कीले जनाएको छ । स्थगित भएको छनौटको काम आगामी बैठकबाट गरिने एमाले श्रोतको भनाई छ ।