एमालेले धोका दिएको भन्दै माओवादीले तोड्यो गठबन्धन

भक्तपुर, कार्तिक १९ ।
एमालेले गठबन्धनमा धोका दिएको आरोप लगाउँदै भक्तपुरमा माओबादीले गठबन्धन नै टुटेको घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो । बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो ।
बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो ।
एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन् ।
एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए । ‘आइतबार एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटेको घोषणा गरेका छौं’, उनले भने, ‘एमालेले षडयन्त्र र्गयो ।’
वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो । क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो। गठबन्धनले क्षेत्र नं १ का तीनै उम्मेदवारले माओवादीको चुनाव चिह्न र क्षेत्र नं २ मा एमालेको निर्वाचन चिह्न लिएर चुनाव लड्ने सहमतिसमेत गरेका छन् ।
यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन् । उक्त प्रदेशमा एमालेको वागी उम्मेदवार भएपनि पार्टीले वाम गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ थियो । उक्त प्रदेशमा एमालेकै अर्का नेताले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।