एन्फा अध्यक्षमा पुर्व प्रशिक्षक थापाको उम्मेदवारी

पोखरा, पुस २२ ।
जिल्ला फुटबल संघको निर्वाचन टुगिएको छैन् । माघ ५ गतेभित्रमा जिल्ला फटुबल संघको निर्वाचन टुग्याउनुपर्ने अखिल नेपाल फुटबल संघले निर्देशन गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन नसकिदैं पोखराका बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले पोखराबाट अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमाले निकट खेलकुद विभाग केन्द्रीय सदस्य समेत रहेको थापाले पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै फुटबलमा देखिएको विकृति र विसंगतिको अन्त्यको लागि आफुले उम्मेदवारीको घोषणा गरेका हुन् । “फुटबलमा धेरै विकृति र विसंगति देखियो । त्यसलाई निर्मूल पार्न मेरो अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको छु ।” उनले भने । माघ ५ गतेपछि मात्रै आफु अध्यक्षको जोडघटाउमा लाग्ने बताए ।
उनले अहिले पनि फुटबल पर्दा पछाडिका व्यक्तिको ईसारामा चलेको भन्दै त्यस्तो परिपाटी अन्त्य गर्नुपर्ने बताए । “मेरो क्षमता, दक्षता र लामो समय फुटबलबाटै रिटायर्ड भएकोले पनि अध्यक्षको लागि दावेदारी दिए ।” उनले भने–“फुटबलको विकास र विकेन्द्रीकरणलाई प्राथमिकतामा राखेको छु ।”उनले२ १३ महिना अघि एन्फाको निर्वाचन हुदाँ पर्दा पछाडिको व्यक्तिले चलाएको व्यक्तिले नेतृत्व गरिरहेको दावी गरे । २०१३ सालमा जन्मिएका थापा १९ वर्षको उमेरमा नेपाली फुटबलको राष्ट्रिय जर्सीमा मैदानमा उत्रिसकेका थिए । राष्ट्रिय, एडिभिजन, साग, एशियन, ओलम्पिक तथा विश्वकप छनोट प्रतियोगितामा समेत आफनो दरिलो उपस्थिति जनाई सकेका थिए । विभिन्न समयमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक समेत भई सकेका थापाले राजनीतिक भावना भन्दा पनि खेलाडीको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । “राजनीतिक पार्टी जुनसुकै होस तर फुटबलको विकास हुनुपर्छ भन्ने भावना मेरो छ ।” उनले भने ।
देश संघीयमा गईसकेको सन्दर्भमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थापाले सातै प्रदेशमा फुटबल एकेडेमी स्थापना गर्ने आफनो लक्ष्य रहेको सुनाए । भौतिक पुर्वाधार र खेलाडीको बृद्धि विकास एवं फुटबल विकास गर्न राष्ट्रिय लिग सञ्चालन गर्नुपर्ने आवाज समेत उठाए । लिग नभएको तीन वर्ष वितेको भन्दै अब लिग नहुने हो भने नेपाली फुटबल र भएका खेलाडीपनि पलायन हुने स्पष्ट पारे । माघ ५ गते जिल्ला निर्वाचन टुंगिएपछि एन्फाको आगामी चैत १४ गते १६ औं अधिवेशन हुने छ । ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ७ बी डिभिजन क्लब, ३ सी डिभिजन क्लब, रेफ्री संघ, प्रशिक्षक संघ, खेलाडी संघ तथा महिला फुटबल संघ लगायत ७७ जनाले मताधिकार पाउनेछन् ।