एक वर्षलाई ६ सय ६४ दिनको कीर्ते गरि भत्ता खाने डाक्टरलाई राष्ट्रपतिको सम्मान

काठमाण्डौं, बैशाख ३ ।
देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षका दिन विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन् । राष्ट्रपतिबाट सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट २८ जना छन् । तीमध्येका एक हुन्, डा फणीन्द्रप्रसाद बराल ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत रहँदा पुर्याएको योगदानको कदर गर्दै उनलाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीको पदकसहित सम्मान गरिएको हो । तर, डाक्टर बरालले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र अस्पतालमा कार्यरत रहँदा स्वास्थ्य क्षेत्रमा अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले देखाएको छ । महालेखाको प्रतिवेदन अनुसार डा बरालले धनकुटामा कार्यरत रहँदा ६ सय ६४ दिनको एक वर्ष बनाएर भ्रमण भत्ता लिएका छन् ।

डा. बराल धनकुटामा २०७४ असोज २० देखि ०७५ असार मसान्तसम्म कार्यरत थिए । उक्त २ सय ८४ दिनको अवधिमा ४२ दिन सार्वजनिक बिदा परेको थियो । सो अवधिमा डा बराल ८४ दिन कार्यालयमा हाजिर भएका थिए । तर, उनले जिल्लामा कार्यरत रहेको अवधिमा ३ सय ६४ दिन काठमाडौं, विराटनगर र धनकुटाका विभिन्न स्थानमा भ्रमण गरेको भन्दै भत्ता लिएका छन् ।

२ सय ८४ दिनको उक्त अवधिमा उनी ८४ दिन कार्यालयमा हाजिर भएका छन् । यस आधारमा हेर्दा उनले बढीमा २ सय दिनमात्र दैनिक भ्रमण पाउँछन् । हाजिर भएको, सार्वजनिक बिदा, दसैं तिहारको बिदा जस्ता कुराले पनि २ सय दिनको भ्रमण पाउन असम्भव हुन्छ । तर, उनले यो अवधिमा ३ सय ६४ दिनको भ्रमण भन्दै ६ लाख ९३ हजार ३ सय ३० रुपैयाँ भत्ता लिएका छन् ।

देशका लागि महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिबाट पदक पाएका डा बरालले नियमविपरीत ९ महिनाको अवधिमा १५ लाख ५५ हजार ८ सय २६ रुपैयाँ भत्ता लिएका छन् ।

यसैगरी, नयाँ वर्षको दिन चिकित्सकको दर्जामा पदक पाउने राम थापा क्षेत्री पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नपाएका व्यक्ति भएको भन्दै विवादमा आएका थिए । थापाले हालसम्म काउन्सिलको परीक्षा पास गर्न सकेका छैनन् । काउन्सिलको परीक्षा पास नगरी डाक्टरको दर्जामा उपचार गर्न पाईंदैन । नेपाललाईभ