एकदिवसीय वरियतामा नेपाल एक स्थान घटुवा, नयाँ वरियतामा नेपाल १६ औं स्थानमा

 

काठमाडौं, भदौ ६ ।

एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान तल घटुवा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ वरियतामा नेपाल १६ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औं स्थानमा थियो ।

नेपाललाई ओमानले उछिनेको छ । ओमानले आठ खेलबाट १७४ अंक पाउँदा २२ रेटिङ पाएको छ । यता, नेपालले पनि समान आठ खेलबाट १५२ अंक पाउँदा १९ रेटिङ रहेको छ ।

नेपाल भन्दा मुनि यूएई र पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्वविजेता इंग्ल्यान्ड रहेको छ । दोस्रो स्थानमा भने भारत रहँदा तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ ।
(अनलाइनखबरबाट साभार)