एउटै वडाका ४० वृद्धवृद्धा सम्मानीत

शान्ता कमली
बेंशीशहर, माघ १२ ।
बेंशीशहर नगरपालिका वडा नं. २ ले वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले विहीबार कार्यक्रमको आयोजना गरि वडाका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाका ८४ वर्षदेखि ९७ वर्षसम्मका ४० जना वृद्धवृद्धालाई सम्मान स्वरुप एक÷एक थान व्यालङकोट प्रदान गरिएको छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालयले सम्मान गरेका हुन् । उनले नगरपालिकाले जेष्ठ नागरिकको हकअधिकार र सेवा सुविधाको बारेमा नगरपालिकाले विभीन्न कार्यक्रम गदै आएको बताए । नगरपालिकाले आगामी वर्षदेखि सेवासुविधा थप गर्ने प्रतिवद्धता जनाए । नगरप्रमुख अर्यालले आर्थिक अवस्था कमजोर भएका तथा घरपरिवारवारबाट अपहेलित भएका वृद्धवृद्धालाई औषधी उपचार लगायतका लागि सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा नेकपा माओवादीका दिलवहादुर बोहोरा, कांग्रेसका तिलक वहादुर थापा, एमालेका शिवेन्द्र कंडेल लगायतले सम्वोधन गर्दे जेष्ठ नागरिकलाई सवैभन्दा पहिले घरपरिवार तथा आफन्तले सम्मान तथा विशेष हेरचाह गर्नुपर्ने वताएका थिए । वडा परिषद्मार्फत् बिनियोजन गरिएको जेष्ठनागरिक लक्षित ५० हजार रुपैया बाट कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष गणेश कंडेलले बताए । सम्मानीत भएसँगै बेसीशहर नगरपालिका वडा नम्बर २ का ९० वर्षिय मुक्तीनाथ बरालले सम्मान पाएकोमा आफू अत्यन्तै खुसी भएको प्रतिक्रीया दिए ।