उपचारमा बालकको मृत्यु भएपछि पश्चिमाञ्चल अस्पतालमा तनाव

पोखरा, चैत २२ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा उपचारकाक्रम एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको छोरा साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आई उपचारको लागि पोखरा स्थास्थ्य विज्ञान प्रतिस्ठान (पश्चिम क्षेत्रिय अस्पताल) मा दुई दिन अगाडी उपचारका लागि लगेका थिए ।
बालको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान ६ बजे बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे तिर बच्चाको मुत्यु भएको हो । डक्टरको लापरबाहिका कराण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा नाराबाजी गरेका थिए ।