उनी सडकमै छट्पटाईरहे…

उनी सडकमै छट्पटाईरहे…सिन्धुपाल्चोक, असोज २५ ।
सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए ।

राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थापा पाएनन् । बस आफ्नै रफ्तारमाा कुदिरह्यो ।

पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे । सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो । उनको उद्धारमा कोहि अघि सरेन ।

केहिबेरपछि उनको उद्धार भयो । एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । चिकित्सकले एम्बुलेन्स उनको मृत्यु भईसकेको बताए ।

उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो । सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।