उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

 

काठमाडौँ, कार्तिक २४ ।

ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।

प्रहरीले ज्योतीमाथि अनुसन्धान गर्न ७ दिनको समय माग गरेको थियो । ज्योतीका कानुन व्यवसायीहरुले साधारण तारेखमा छाड्न माग गरेका थिए ।

ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।(अनलाइनखबरबाट साभार)