उठबस गराउँदा विद्यार्थी बेहोस !, उपचार गर्न अस्पतालमा

काठमाण्डौं, मंसिर १९ ।
प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् ।

१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए ।

झन्डै आधा घण्टापछि उनको होस फिर्यो । हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो । विद्यालयले घटना गुपचुप राख्न खोज्यो ।

अभिभावकलाई जानकारी नै गराएन । होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।