उच्चस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव

 

विराटनगर, मंसिर २८ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खाने मात्र थलो नभएको बताएका छन् ।

प्रेस संगठन मोरङ्गले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव समेत दिएका हुन ।

मन्त्री पोखरेलले शिक्षकलाई राज्यले सक्षक बनाउन लगानीमात्र गरेर नपुग्ने भन्दै स्वयले शिक्षकहरुले पनि आफुहरुलाई अध्यावदी गर्नुपर्ने समय आएको बताए ।

मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताएका छन् ।

उनले अहिलेको आवश्यता अनुसार प्राविधिकधारको शिक्षालाई पहिलो प्राथमिक्तामा सरकारले राखेको जानकारी दिएका छन् ।

सार्वजनिक शिक्षालाई पहिलो बनाउने सरकारको योजना अनुसार १० वर्षे गुरु योजना अघि सारिएको उनको भनाइ छ ।(रासस)