इरानले सुरु गर्यो युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम, सुरक्षामा खतरा उत्पन्न हुने शक्तिशाली देशहरुको टिप्पणी

एजेन्सी, कार्तिक २० ।

इरानले नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु गरेको जनाएको छ ।

गत वर्ष संयुक्त राज्य अमेरिका आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्नो फोर्ड सुविधा केन्द्रमा उक्त कार्यक्रम पुनः अघि सारेको जनाएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले युरेनियम ग्यास प्लान्टमा रहेका मेसिनहरु आजबाट पुनः सुचारु गर्ने बताएका छन् । यो कदमसँगै आफूहलाई युरोपियन शक्तिहरुले सम्मान गर्ने इरानको विस्वास छ ।

तर अन्य देशहरुले इरानको कदमको बिरोध गरेका छन् । उनीहरुले भियना सम्झौता विपरीत इरानले युरेनियम सम्वद्र्धन कार्यक्रम अघि सारेको आरोप लगाएका छन् ।

यसले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने उनीहरुले आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१५ मा इरान, अमेरिका, बेलायत, फ्रान्स, जर्मन, चीन र रसियाले आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर इरानले युरेनियम भण्डारण र सम्वद्र्धन सीमासहित आफूले गरेका प्रतिवद्धताहरुलाई घटाएको अमेरिकाको आरोप छ । (एजेन्सी)