‘इम्बोस्ड’ नम्बरप्लेट राख्ने प्रक्रियाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

 

काठमाडौं, मंसिर २८ ।

२०७४ फागुनदेखि रोकिएको सवारी–साधनमा ‘इम्बोस्ड’ नम्बरप्लेट जडानको बाटो खुलेको छ ।

सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेट जडानसम्बन्धी रिट खारेज गर्ने फैसला गरेपछि बाटो खुलेको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अधिवक्ता भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले दायर गरेको रिट खारेज गरेको हो ।

२०७४ फागुन १० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेशमार्फत् इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया रोक्न भनेको थियो ।

इम्बोसड नम्बरप्लेटमा अंग्रेजी अक्षर र अंक प्रयोग गरेर नेपाली पहिचान मेट्न खोजिएको भन्दै विरोध भएको थियो ।
(ईमेजखबरबाट साभार)