इनरह्लि क्लब अफ मिट टाउन र इनरह्लि क्लब अफ पोखराको संयुक्त पदस्थापन

 

पोखरा, साउन १८ ।

इनरह्लि क्लब अफ पोखरा मिट टाउन र इनरह्लि क्लब अफ पोखराको १० औं पदस्थापना कार्यक्रम शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ ।

वर्ष २०१८–२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९–२०२० का अध्यक्ष सावित्री थापा मुक्तानलाई र पोखराका क्लबका सञ्जु द्वाले रेखा मर्सानीलाई अध्यक्षको पद संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

इनरह्लि क्लब अफ पोखरा मिट टाउनको नयाँ कार्य समितिको आएपीपीमा सावित्री नेपाली, उपाध्यक्षमा विजयलक्ष्मी बत्तास, सचिवमा माधवी बास्तोला, कोषाध्यक्षमा निर्मला थापागिरी, आइएसओमा ईश्वरी गोदार, इडिटरमा यशोदा बास्तोला र सदस्यहरुमा शशी गौतम र अनिता गुरुङ रहेका छन् ।

यसैगरी रेखा मर्सानीको अध्यक्षतामा गठन भएको इनरह्ील क्लब अफ पोखराको आइपीपीमा सञ्जु द्वा, उपाध्यक्षमा रमा घिमिरे, सचिवमा दुर्गा शर्मा, कोषाध्यक्षमा सलोनी के.सी., आइएसओमा गीता श्रेष्ठ, इडिटरमा गायत्री थापा र सदस्यहरुमा सम्झना बज्र्राचार्य र रेस्मा श्रेष्ठ रहेका छन् ।

शनिवार आयोजित पदस्थापन समारोहमा प्रमुख अतिथि इनरह्लि क्लब डिष्टिक ३५० की डिपुटी नेश्नल रिप्रिजेन्टेटीभ विजयालक्ष्मी श्रेष्ठले क्लबले सामाजिक दायित्व बहन गर्नुपर्ने बताइन् ।

सोही कार्यक्रममा विशेष अतिथि इनरह्लि डिष्टिक ३५० की डिष्टिक चेयरम्यान समिरा ध्वजुले महिलाहरुले दक्षता अभिवृद्धि गर्दै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

कार्यक्रममा डिष्टिक ३५० की उपाध्यक्ष सरशीष पालिखे, इनरह्लि अन्नपूर्णकी अध्यक्ष युनिष्मा तुलाचन, इनरह्लि पोखराकी निवर्तमान अध्यक्ष सञ्जु द्वा र मिट टाउनकी सावित्री नेपाली लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

सावित्री थापा मुक्तान र रेखा मर्सानीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इनरह्लिकी सचिव माधवी बास्तोला र इनरह्लि पोखरकी सचिव दुर्गा शर्माले गरेका थिए ।

सोही समारोहमा उत्कृष्ट शिक्षा हासिल गर्ने इनरह्लिका छोराछोरीहरुलाई सम्मान गरिनुका साथै क्लबमा उत्कृष्ट योगदान पु¥याउने सदस्य एवं पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।