इक्यान शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

पोखरा, मंसिर २३ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा हुुने मेलाका लागि आवश्यक प्राय तयारी सकिएको इक्यान कास्कीका सचिव तथा प्रचार–प्रसार संयोजक रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

मेलामा विद्यार्थी तथा अभिभाबकहरुको उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले भने, ‘एकै थलोमा दर्जनभन्दा बढी देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसर मेलामा मिल्नेछ ।’

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । बैकिङ पार्टनरमा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी भएका छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स रहेको उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जानकारी दिए । मेलामा ७० वटा स्टल रहनेछन् ।

अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थीले आफूलाई जान मन लागेको देश, त्यहाँका कलेज तथा विश्वविद्यालय, शैक्षिक भविष्य, सम्भावना र चुनौतिका विषयमा यथार्थ जानकारी लिन सक्ने कोषाध्यक्ष ओमप्रकाश गैरेले जानकारी दिए ।