आहा ! रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख बचत

पोखरा, पुस २२ ।
मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख करिव बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट १८ लाख ९७ हजार बचत भएको आयोजकले जनाएको हो । प्रतियोगिताबाट ८८ लाख १० हजार आम्दानी भएकोमा ६९ लाख १२ हजार खर्च भएको देखाईएको छ ।

प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिए । त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको गुरुङले बताए । मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्शकमा खर्च भएको क्लवका कोषाध्यक्ष राजु लालचनले जनाए ।

बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लवले जनाएको छ । नेपाल पुलिस क्लवलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधि सहित नगद १० लाख एक हजार रुपैया पुरस्कार हात पार्न सफल भएको थियो । प्रतियोगितामा भारतको एक टीम सहित १० टिमको सहभागिता रहेको थियो ।