आलिया भट्ट एसियाकै सबैभन्दा कामुक महिला

एजेन्सी, मंसिर २७ ।
बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा बढी सेक्सी महिलाको रूपमा छनौट भएकी छन् ।

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी छन् । दोस्रो भएपनि दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छन् ।

बुधवार लन्डनको ‘इस्टर्न आई’ साप्ताहिकले अन्लाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे । आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुशी व्यक्त गरिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।