आर्मी टाइब्रेकरको शिकार, धरान सेमिफाईनलमा

धन बस्नेत
पोखरा, माघ १४ ।
नेपाल आर्मी टाइब्रकेरको शिकार हुदैं आहा रारा गोल्डकप उचाल्ने सपना तुहिँदा पूर्वेली टोली धरान गोल्डकपको सेमिफाईनलमा पुगेको छ । पोखराको मैदानमा दुई वर्ष अघिको नतिजालाई दोहो¥याउँदै धरान फुटबल क्लबले सेमिफाईनल तय गर्दा आर्मी आहाको उपाधि उचाल्ने सपना फेरी अधुरैमा चिक्त बुझायो । निर्धा्रित समयमा १—१ गोलमा टुग्याएको धरानले आर्मीलाई पेनाल्टी सुटआउटमा ५—४ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल पुग्ने दोस्रो टोली बन्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुग श्रेष्टको प्रहार फष्टबारमा लागेर बाहिरिनु नै आर्मीका लागि अभागीसिद्ध हुन पुग्यो । खप्तड गोल्डकप उचालेर पुर्वाञ्चल पुगेको आर्मी पोखराको मैदानमा पनि पुर्वाञ्चलकै जस्तो नतिजा व्यहोर्यो । जर्ज प्रिन्स कार्कीको पेनाल्टी क्रसबारमा लागेर बाहिरिएपछि धरान फुटबल क्लबले पोखरामा सेमिफाईनलको यात्रा लेख्यो । नवयुग श्रेष्ठले आर्मीका लागि पहिलो पेनाल्टी गोलमा परिणत गरेपछि धरान दबावमा रह्यो । कप्तान विष्णु सुनार धरानको लागि गोल गरेपछि बराबरी नजितासँगै अगाडि बढ्यो । दोस्रो पेनाल्टी कार्कीले क्रसबारमा ठोकदिए । म्यान अफ दि म्याच निशान लिम्बुले गोल गरे । दिपक सुनार, दिप लामा र विवेक बस्नेतले आर्मीको लागि गोल गरेपनि पर्याप्त बनेन् । बुद्धिमान राई, रोमन लिम्बु र अन्तिम प्रहार सुरज विकको प्रहार गोलमा परिणत भएपछि धरानले पोखराको मैदानमा जितको खुशी मनायो ।
पोखराको मैदानमा दुवैको तेस्रो भेट थियो । दोस्रो आहा गोल्डकपमा आर्मीले धरानको चुनौतिलाई ४—० को फराकिलो अन्तरले पन्छाएको थियो भने १२ औै आहा राराको संस्करणमा भने धराने टोलीले आर्मीलाई दोस्रो खेलमै २—१ ले पराजित गर्दै क्र्वाटरफाईनल तय गरेको थियो । दर्शकको समर्थन धराने टोलीलाई रहदाँ आर्मीले भने उत्कृष्ठ फुटबल पस्किनै सकेन् । खेलको १८ औं मिनेटमा कार्कीकै पासमा भरत खवासले फष्टबारमै गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म अग्रता दिलाए । आर्मीले गोल भने दोस्रो कर्नरलाई सदुपयोग ग¥यो । तर खेलको ६८ औं मिनेटमा निशान लिम्बुले सिक्सयार्ड बक्सभित्र क्लियर हुन नसकेको बललाई सदुपयोग गर्दै धरानलाई १—१ बराबरीमा ल्याए । धरानले अधिकांश समय टाईब्रेकरमा लैजाने लक्षणसहित खेल खेलिरहेको थियो । तर आर्मीले गोल गर्न हतारिदाँ खेल आफनो पक्षबाट फुत्किन पुग्यो ।
आहाको सस्करण उचाल्ने सपना अर्को वर्षको लागि साँचेको आर्मीले पोखराको मैदानमा आईतबार १६ औं सस्करणमा केही अवसर नपाएको भने होईन् । तर सफल हुनै सकेन् । ७८ औं मिनेटमा नवयुग श्रेष्ठले दिएको वान टच पासलाई भरत खवासले बलमाथि क्लियर फिनिसिङ नहुदाँ गोलकिपरको हातमा गयो । उता धरानले पनि अवसर भने नपाएको होईन् । ४५ प्लस १ मिनेटमा बुद्धिमान राईले निशान राईको पासलाई सिधै गोलकिपरको हातमा बल थमाईदिए । खेलको १६ औं मिनेटमा दुई डिफेन्सको बीचबाट सजन राईले फ्लिक गरेको बल फष्टबारमा आर्मीका गोलकिपरले पन्च गर्दै बचाउ गरे ।
इटहरी गोल्डकपमा व्यहोरेको हारको पीडालाई पोखराको मैदानमा मलम पट्टी लगाउने आशा ११० मिनेटपछिको पेनाल्टीमा पुगेर रोकियो । आर्मी सिजनको चौथो उपाधि उचाल्ने सपनालाई इटहरीमा फुटबलमा पुनरागमन गरेको रुस्लान थ्रीस्टारले रोकिदिएको थियो । सातौं आठौं र चौधौ आहा रारा गोल्डकपको फाईनलिष्ट आर्मी सधैं उत्कृष्ठ फुटबल पस्किदैं आएका अर्को विभागीय टोली नेपाल पुलिससँग र दुई वर्षअघिको सस्करणमा मनाङ मस्र्याङ्दीसँग पराजित हुदैं उपाधिबाट विमुख हुन पुगेको थियो । १६ वर्षे ठिटो बन्दै गएको गोल्डकपमा आर्मीको सहभागिताले पनि एक दशक पुरा गरेको छ । पोखराको डर्बीमा यी दुईको भेट दुई पटक भएको छ । दुवैमा एक—एक जित निकाल्दै आफनो अस्थित्वलाई जोगाईराखेका छन् । आईतबारको तेस्रो भेटमा धरान हावी हुदैं पोखराको मैदानमा आर्मीमाथि दुई जित दर्ता ग¥यो । सोमबार तेस्रो क्र्वाटरफाईनल खेल भने शसस्त्र प्रहरीले भर्खरै पुर्वाञ्चल गोल्डकप जितेको रुस्लान थ्रीस्टारसँग खेल्ने छ ।–साभार खेलाडी न्यूज डटकम