आयोजकका दुवै टोली स्मार्ट ओपन क्रिकेटको फाईनलमा

पोखरा, कार्तिक २४ ।
आयोजक योङ्गस्टार क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी पोखरामा आयोजित प्रथम स्मार्ट ओपन एकेडेमी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेका छन् ।
नेपाली क्रिकेट टिमका खेलाडी एवं फाष्ट बलर करण केसीको नेतृत्वमा रहेको योङ्गस्टारले शितलज्योतिले दिएको ७८ रनको लक्ष्यलाई १० ओभर ३ बलमा केवल दुई विकेट गुमाई पुरा गरेको थियो ।
टस जितेर व्याटिङमा उत्रिएको शितल ज्योतिको एले अगेन्द्र छन्त्यालको २६ रनको योगदानमा छ विकेटको क्षतिमा ७८ रनको लक्ष्य दियो । छन्त्यालले ४० बल खेल्दै २६ रन हिर्काउँदा राजु खनालले ३३ बलमा २० रन जोडे । दिपक राजले ४ ओभरमा ५ रन दिदैं एकविकेट लिए ।
७९ रनको लक्ष्य पछ्याएको योङ्गस्टार क्रिकेट क्लबले पृथ्वी केसीलेको अर्धशतकीय पारी (५७ ) खेलेपछि सहज जित निस्क्यो । उनले आफनो इनिङमा ३५ बलको सामना गर्दै १ चौका र ७ छक्का हिर्काए । त्यस्तै नन्दराज शर्माले १४ बलमा १४ रन बनाए । अर्जुन बुढाथोकीले २.३ ओभरमा १८ रन दिएर एक विकेट लिए ।
यसैगरी दोस्रो सेमिफाईनल खेलमा शितलज्योति बीलाई राईजिङ क्रिकेट एकेडेमीले सात विकेटले पराजित गर्दै फाईनल प्रवेश ग¥यो । टस जितेर व्याटिङमा उत्रिएको शितल ज्योतिले नौ विकेटको क्षतिमा ११० रन बनाई व्याटिङको लागि एकेडेमीलाई निम्तो दियो । शुसान घिमिरेले ३४ बलमा २३ रन, विधान श्रेष्ठले २० बलमा २१ रन बनाए । श्रेष्ठले दुई चौका र एक छक्का प्रहार गर्दै सम्मानजनक स्कोरमा पु¥याए । मुखिल यादवले ३ ओभरमा १४ रन दिदैं २ विकेट लिए । आलम खानले ४ ओभरमा २३ रन दिदैं २ विकेल आफनो नाममा लेखाए ।
१११ रनको लक्ष्यलाई आयोजक राइजिङ क्रिकेट एकेडेमीका दिपेश खत्रीले ३३ बलमा ५४ रनको महत्वपूर्ण योगदान दिएपछि लक्ष्य भने केवल दुईओभर पाँच बल बाँकी हुदाँ पुरा भयो । मनोज कोइराला ३९ बलमा २४ रन बनाई खेलेपछि लक्ष्य सहजै पुरा हुन पुग्यो । स आज शनिबार पोखरा रंगशालामा फाईनल खेल हुने छ ।