आयोगमा न्यायनै नबुझेको व्यक्ति नियुक्त : द्वन्द्वपीडित
काठमाडौं, माघ २६ ।
संक्रमणकालिन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगका नवनियुक्त पदाधिकारीहरु संक्रमणकालिन न्यायको विषयमा जानकार नभएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले दुवै आयोगमा राजनीतिक भागवण्डामा पदाधिकारी नियुक्त गरिएको भन्दै न्याय पाउने आशै नभएको बताए ।
कार्यक्रममा साझा चौतारिका अध्यक्ष भागीराम चौधरीले सरकारले १३ वर्ष भईसक्दा पनि पीडितहरुले चाहेको न्याय के हो भन्ने बुझ्न नसकेको बताए ।
पीडितहरुको समस्या समाधान गर्न आफुहरुले दिएको सुझाबको समेत बेवास्ता गरेर गठन गरिएको आयोगले पीडितहरुलाई न्याय दिननसक्ने उनको भनाइ थियो ।
(ईमेजखबरबाट साभार)