आमाको सम्झनामा छोराहरुले बनाए अक्षयकाेष, बिद्यार्थीलाइ सम्मान

पोखरा, बैशाख १२ ।
जन्मदिने आमाको सम्झनामा कास्की अन्नपूर्ण गाउँपालिका ७ तोल्काका स्थानीय भरत गुरुङ सहितका समाजसेवीले विद्यार्थीलाई सहयोग गरेका छन् । धन गुरुङ, मन, बालकृष्ण, सन्तोष, दीपक र भरत गुरुङले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई पुरस्कृत गरेका हुन् ।

तोल्का स्थित हिमालय माविका १२ जना विद्यार्थीहरुलाई जनहीँ ५ सयका दरले पुरस्कृत गरिएको दाता भरत गुरुङले बताए । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । आफुँ पढेको स्कुलका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनीहरुले बताए ।

अस्मीता नेपाली, कृष्मा थापा, क्षितिज थापा, एन्जिला थापा, सृष्टी धिताल, सुशान विक, सोनिया थापा, पार्वती परियार, स्नेहा राना, निखिल थापा, कृष कँडेल र स्मृती रानालाई पुरस्कृत गरिएको हो ।