आन्दोलनरत सामाजिक परिचालकमाथी प्रहरीको हस्तक्षेप (भिडियो सहित)

पोखरा, बैशाख २५ ।
पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । महानगरको गेटमा नाराबाजी सहित प्रदर्शन गरिरहेका उनीहरुलाई नगरप्रहरी र प्रहरी बलले नियन्त्रणमा लिने प्रयास गरेको हो । केहीबेर प्रहरी र सामाजिक परिचालकबीच लछारपछार चलेको थियो ।

तर नियन्त्रणमा लिने प्रयास भने सफल भएन । शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरी ल्याएर तर्साउन खोज्नु महानगरको गैरजिम्मेवारीपना भएको सामाजिक परिचालकहरुको गुनासो छ । तत्कालै नियुक्तीपत्र सहित पुनर्वहाली माग गर्दै उनीहरु लामो समयदेखि आन्दोलनरत छन् ।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सामाजिक परिचालन नचाहिने पत्र पठाएपछि उनीहरु झन् आक्रोशित भएका छन् । ७६ वटै जिल्लामा सबै सामाजिक परिचालकलाई स्थानीय तहले नियुक्ति दिएर काममा लगाईसेकेको अवस्थामा कास्कीका स्थानीय तह सरकारकै निर्णय विरुद्ध लागेको उनीहरुको आरोप छ ।