आदिबासी जनजाती महिलाहरुलाई नेतृत्व बिकास तालिम

पोखरा, असार ७ ।

प्रदेश नं ४ का सांसद कुष्ण थापाले आदिबासी जनजाती महिलाहरु पनि अब राजिनितीमा आउनुपर्ने बताएका छन । राष्ट्रिय आदिबासी जनजाती महिला महासँघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित पाचँ दिने नेतृत्व बिकास तालिममा बोल्दै थापाले जनजाती महिलाहरु पनि पछिल्लो समय हरेक क्षेत्रको नेतृत्वदायी भुमिका खेल्न सक्ने भन्दै राजिनितीमा लाग्नुपर्ने बताएका हुन । नेतृत्व विकास तालिमले आदिबासी जनजाती महिलाहरुलाई उद्यमी बन्न टेवा पु¥याउने उल्लेख गर्दै थापाले बिभिन्न सामाजिक संस्थामा क्रियाशिल भएर लाग्न समेत आग्रह गरे ।

“सामाजिक सेवामा लाग्नुस, ब्यक्तित्व बिकास गर्नुस, बिस्तारै छबि बनेपछि उनले भने आफुलाई आस्था लागेको राजनैतिक पार्टीमा हात हाल्नुस” । प्रतिनिधी पात्रको रुपमा नेतृत्वदायी भुमिका खेल्न सो तालिमले मद्दत पुग्ने भन्दै नेतृत्व गर्ने जुनसुकै संस्थामा अगुवाई गर्न पछि हट्न नहुने उनले बताए । थापाले केन्द्रीकृत शासनप्रणाली संघीय संरचनामा गएसँगै घरघरमा आएको बताउदै जनजातीहरुको लागी बिनियोजित बजेटको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले स्थानिय स्तरमा उत्पादन हुने बस्तु तथा स्रोत साधनको प्रयोग गर्नुपर्ने भन्दै उद्यमशिलता बन्नलाई टेवा पग्ने समेत बताए । थापाले आदिबासी जनाजाती महिलाहरु नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्दै जनजाती महिलाहरुलाई उत्थानका लागी आफु सदैब सहयोग गर्न तैयार रहेको समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।

गत २ देखी ६ गते सम्म सञ्चालन भएको तालिममा बरिष्ठ अधिबक्ता सुरेन्द्र थापामगर, अधिबक्ता जुना गुरुङ, गोर्खाली एफ एम का स्टेशन म्यानेजर क्षिमा गुरुङ, कास्की आवाजका सम्पादक हुम गुरुङले प्रशिक्षण दिएका थिए । पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडा बाट १२ जातिको प्रतिनिधित्व गर्दे ७० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । उक्त तलिम सम्पन्न पश्चात सहभागी रहेको आदिबासी जनजाती महिलाहरु निकै उत्साहित भएका थिए । राष्ट्रिय आदिबासी जनजाती महिला महासँघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष राजकुमारी भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सुमित्रा दुराले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिब दिलमाया गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।