आदित्य चम्किएपछि संकटालाई संकट !

पोखरा, माघ ११ ।
पोखरामा जारी १६ औं आहा रारा गोल्डकप अन्तर्गत विहिबारको खेलमा बिभागीय टीम एपिएफ क्लव बिजयी भएको छ । संकटा क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपिएफ क्वाटर फाईनल प्रबेश गरेको हो । एपिएफको जीतमा आदित्य चौधरी निर्णायक भए । २८ औं मिनेटमा आदित्यले प्रहार गरेको फ्रि किक गोलमा परिणत भएपछि संकटा दवावमा परेको थियो ।
केही राम्रा अवसर पाएपनि दुवै टीम गोल गर्नबाट चुके । संकटाका कोच सल्यान खड्गीले फिनिसिङ राम्रो नभएकाले पराजीत हुनुपरेको प्रतिक्रिया दिए । उनले समग्रमा खेल राम्रो भएपनि फिनिसिङमा टीम चुकेको बताए । एपिएफका कोच रत्नकाजी महर्जन संकटा बलियो प्रतिश्पर्धी भएको बताउँछन् । उनले खेलाडी अन्तिमसम्म निरन्तर एउटै रफ्तारमा खेलेकाले नतिजा आफ्नो पक्षमा परेको बताए ।

तस्विर-प्रकाश ढकाल/डिएनए