आणविक सम्झौताबारे युरोपेली राष्ट्रहरुको निर्णय मान्य हुँदैन : इरान

 

एजेन्सी, माघ ०१ ।

इरानले सन् २०१५ मा भएको आणविक सम्झौताअन्र्तगत विवाद समाधान गर्ने संयन्त्र निर्माण गर्ने निर्णयको विरोध गरेको छ ।

ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले स्पष्ट पारको छ ।

युरोपेली राष्ट्रहरुले सम्झौतामा उल्लेख भएअनुसार आफ्ना प्रतिवद्धता पूरा गर्न इरानमाथि दवाव दिएका छन् ।

इरानले युनियनको युनियनको निर्णयमा विस्वास गर्न नसक्ने प्रशस्त कानूनी आधारहरु रहेको बताएका छन् ।

उनले विवाद समाधान संयन्त्र कानूनी रुपमा निराधार र राजनीतिक दृष्टिकोणमा रणनीति त्रुटी रहेको बताएका छन् ।

युरोपियन युनियनको यो कदमले परमाणु सम्झौताको अन्त्य र तेहरानमा थप प्रतिवन्ध लगाउने अवस्था आउन सक्ने विश्लेषकहरुको आशंका छ ।

अमेरिकी सेनाको कारणहीमा केही दिनअघि इरानी सेनाका उच्च अधिकारी कासेम सोलेमानीको मृत्यु भएसँगै इरानले आणविक सम्झौता भंग भएको बताएको छ ।

यसअघि सन् २०१८ मै अमेरिकाले उक्त सम्झौता एकतर्फी रुपमा भंग भएको बताएको थियो ।

सम्झौताविपरीत आणविक गतिविधि गरेको भन्दै अमेरिकाले सम्झौता भंग गरेर इरानमाथि प्रतिवन्धहरु लगाएको छ ।