आजदेखि लगाईएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ?

पोखरा, भदौ ८ ।
कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थपेको छ ।

भदौ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई सजिलो होस भन्नका लागि बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजे सम्मका लागि खाद्यान्न, तरकारी, फलफुल, माछा, मासु, दुध तथा डेरी जन्यका सेवाहरु पनि सुचारु हुने सूचनामा जनाइएको छ ।

न्युनतम कर्मचारीहरुको उपस्थितिमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरेर पूर्ण सावधानी अपनाएर सम्पूर्ण सरकारी कार्यालयहरु, अत्यावश्यक सेवा संचालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारीहरु राखेर जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरेर पूर्ण सावधानी अपनाएर संचालन सकिने बताएको छ । तर सहकारीहरु भने खुल्न नपाउने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निषेधाज्ञाको समयमा एमवुलेन्स, दमकल, शववाहन, प्रेस सवारी, खाद्य सामग्री, पशुपक्षींका दाना, तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी वोक्ने टयाकंर, ग्यास तथा पेट्रोलियम पर्दाथ वोकेका वाहन, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी समयमा प्रयोग गर्ने सवारी साधन, औषधी वितरण गर्ने वाहनहरु लगाएत कुटनितिक नियोगका,साधनहरु भने सञ्चालन हुनेछन् । निजी तथा सार्वजनिक यातायातका सम्पुर्ण सवारी साधनहरु पुर्णत निषेध गरिएको छ ।

निषेधाज्ञाको समयमा सम्पुर्ण शैक्षिक संस्थाहरु, उद्योग र खााद्यान्न वाहेका सम्पुर्ण व्यवसाय सञ्चालनमा निषेध गरिएको छ भने स्वास्थ्य, शुरक्षा, औषधी पसलहरु लगाएत अन्य अत्यावश्यक सेवाहरु भने सुचारु रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले यस अवधिमा क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका होटल तथा रेष्टुरेन्ट समेत बन्द गर्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी भए संगै अत्यावश्यक काम बाहेक घर वाहिर ननिस्कन र हिंडडुल नर्गन आग्रह गरेको छ । मानिसहरु जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा धर्म संस्कृती, प्रचलन सम्वद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाएको छ ।