आजदेखि बुद्धमा पोखराबाट भरतपुर र भैरहवा (भाडादरसहित)

पोखरा, भदौ ३० ।
बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान आजबाट गर्दै छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी उडानले जोड्ने छ ।
उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत गर्न यात्रुलाई ठूलो राहत हुनेछ । बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले आज देखी पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्ने जानकारी दिए । दुबै ठाउँमा दैनिक एक एकवटा उडान गर्ने तयारी गरेको उनले बताए ।
बरालका अनुसार १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजबाट पहिलो चरणमा उडान सुरु गर्ने बताए । उनका अनुसार पोखरा भरतपुर १६ मिनेट र पोखरा भैरहवा २० मिनेटको उडान अवधि हो । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्ने बताए ।
त्यसै गरि पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ । पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने बरालले बताए ।