‘आईसिपि’को उद्घाटन भारत र नेपालका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स मार्फत गर्ने

 

मोरङ, माघ ६ ।

बुधनगरमा रहेको एकीकृत जाँच भन्सार विन्दु (आईसिपि)भोलीबाट सञ्चालनमा आउने भएको छ । भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि भोलिबाट आईसिपी सञ्चालनको तयारी गरिएको हो ।

संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी राजु शर्माले भोली भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत आईसिपिको उद्घाटन गर्नेे कार्यक्रम रहेको छ ।

त्यसलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालननमा ल्याउने तयारी भएको छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो ।

तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।

बुधनगरमा आइसीपी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।

आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।
(ईमेजखबरबाट साभार)