आईपिएलमा सन्दिप दिल्लीबाटै खेल्ने, तलव कति ?

काठमाण्डौं, कार्तिक ३० ।
सन्दिप दिल्ली डेयरडेभिल्सले आगामी सिजनको लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफूसंगै राखेको छ । दिल्लीले आज सार्वजनिक गरेको रिटेन गरिएका खेलाडीहरुको सुचिमा सन्दिप पनि परेका हुन् । योसंगै सन्दिप यसपटकको अक्सनमा हुने छैनन ।

उनलाई दिल्ली पछिल्लो संस्करणका लागि २० लाख भारतीय रुपैयामा खरिद गरेको थियो । यद्दपि उनले यो सिजन कति रकम पाउने भन्ने बिषयमा भने खुलाईएको छैन । सन्दिप र दिल्लीको टिम ब्यवस्थापनबीचको आपसी सहमतिमै उनको अनुबन्धन रकम हेरफेर हुनेछ ।

गत बर्ष नै इण्डियन प्रिमियर लिगमा डेब्यु गरेका सन्दिपले दिल्लीका लागि अन्तिम तीन खेल खेल्दै लोभ लाग्दो प्रदर्शन गरेका थिए । यस क्रममा उनले ५ विकेट पनि लिएका थिए । दिल्लीले आफ्नो कप्तान गौतम गम्भिरलाई भने फुकुवा गरेको छ । उनको स्थानमा श्रेयस ऐयरले टिमको कप्तानी सम्हालेका थिए ।

रिटेन गरिएका अन्य खेलाडीहरुको सुचिमा ऐयरसंगै, पृथ्वी स, रिसब पन्त, मन्जोत काल्रा, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल टेवाटीया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रबाडा, टे«न्ट बाउल्ट र आभेष खान रहेका छन् । आगामी सिजनका लागि खेलाडीहरुको अक्सन डिसेम्बर १७ र १८ मा हुनेछ ।