आइकाओको सम्मेलन आजबाट काठमाडौंमा शुरु

 

काठमाडौँ, भदौ २ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकसहित ३ सय ९० भन बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

आइकाओमा नेपालसहित १ सय ९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५ औं हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो ।

यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो ।

यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुने जनाइएको छ । (ईमेजखबरबाट साभार)