अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल

 

सर्लाही, माघ २६ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् ।

आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन ।

शिक्षामन्त्री पोखरेलले परिवर्तित सन्दर्भमा व्यवहारिक र सीपमूलक शिक्षा जरुरी रहेकोमा जोड दिए ।

१२ कक्षा पढेको विद्यार्थीलाई कुनै पनि एउटा सीपमा दक्ष बनाउन बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङ, आयुर्वेद, जडिबुडी जस्ता विषयलाई सरकारले प्राथमिकता दिएको मन्त्री पोखरेलको भनाइ थियो ।

उनले विद्यालय व्यवस्थापन र सञ्चालनलाई चुस्त बनाउन स्थानीय सरकारले राजनीतिक दल, समाजसेवी र शिक्षा क्षेत्रमा काम गर्नेहरुसंग सहकार्य गर्नु पर्ने बताए ।
(ईमेजखबरबाट साभार)