अव रेष्टुरेण्टमा १० प्रतिशत सेवा शुल्क लिन नपाईने

पोखरा, माघ १५ ।
नेपालमा सञ्चान भएका रेष्टुरेण्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेण्ट व्यवसायीको संस्था रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क हटाएको हो ।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए । यसअघि रेष्टुरेण्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडेर लिने गरेका थिए । त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो ।

रेवानमा आवद्ध रेष्टुरेण्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू हुनेछ । यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्ने रेवानले जनाएको छ । पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ ।