अवैध लागुऔषधसहित तीन जना पक्राउ

सप्तरी, वैशाख १४ ।

प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतको लौकहाबाट सप्तरीको बेल्ही नाका हुँदै नेपाल भित्रिने सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पत्रक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध सेवन समेत गरेको अवस्थामा लुपिक जेसी ६ थान बरामद भएको प्रहरीले जनाएको छ ।