अविनाश स्मृति भलिवल कप नामजुङलाई

गोरखा, कार्तिक १ ।
गोरखाको शहीद लखन गाउँपालिका ९ नामजुङमा भएको दोश्रो संस्करणको अविनाश स्मृति कप जनआदर्श युवा क्लव नामजुङले जितेको छ । प्रतियोगितामा ५ टीमलाई पछि पार्दै जनआदर्शले पुरस्कार सहित कप उचालेको हो । पहिलो भएको जनआदर्शले ७५ हजार ७ सय ७५ नगद सहित कप र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा शहीद लखन थापा युवा क्लव काहुले दोश्रो र जनचेतन युवा क्लव बोर्लाङ तेश्रो भए । दोश्रो भएको लखन थापाले ५० हजार र तेश्रो जनचेतनले २५ हजार ५ सय २५ नगद पुरस्कार पायो । प्रतियोगितामा जनआदर्शका विशाल गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका छन् । साउथ एसियन रेफ्री विकास गुरुङ र क्षेत्रीय रेफ्री रमेश श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमीका पूरा गरेका थिए ।

बुधबार प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गाउँ तहमा हुने यस्ता प्रतियोगिताले स्वास्थ्यसँगै सामाजिक भावनाको विकास हुने बताए । लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले आगामी दिनमा हुने कार्यक्रममा आवश्यक सहयोग गर्ने बचन दिएका छन् । सोही अवसरमा क्लवको खेलमैदान निर्माण गर्न जग्गा दान गर्ने जग्गादाता र उत्कृष्ट समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।

अविनाश स्मृति युवका क्लवका अध्यक्ष हरि ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीनेश थापाले गरेका थिए भने टोप प्रसाद लामिछानेले स्वागत गरेका थिए । कार्यक्रममा प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । यो प्रतियोगिता शहीद लखन गाउँपालिकाकै सर्बाधिक ठूलो धनराशीको प्रतियोगिता हो ।