अरिङ्गाल खाँदा १० जना बिरामी

 

रुकुमपूर्व, असोज २७ ।

अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२, कोलका १० जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिए । (रासस)