अमेरिका र चीनबीच व्यापार युद्ध कायमै : अमेरिकाको प्रस्ताव चीनद्वारा अस्विकार

 

एजेन्सी, पुस २९ ।

अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय फिर्ता लिएको छ ।

दुई मुलुकबीच जारी रहेको व्यापार युद्धले यसअघिको निर्णयबाट अमेरिका फिर्ता भएको हो ।

चीनले आफ्नो मुद्रालाई विदेशी खरिदकर्ताहरुका लागि सस्तो बनाउन अमेरिकाले गरेको प्रस्ताव अस्विकार गरेको हो ।

वासिङ्टन र बेइजिङले यसै हप्ता पहिलो चरणमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो ।

चीनले पारदर्शिता र जवाफदेहीतालाई बढावा दिँदै प्रतिस्पर्धी अवमूल्यनबाट अलग रहनका लागि प्रतिवद्धता व्यक्त गरेको अमेरिकी आरोप छ ।

बारम्बार चीनलाई युआनको मूल्य घटाएर चीनका सामान सस्तो बनाउने गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आरोप लागेको छ ।

युआनको मूल्य व्यापार युद्धको उचाइमा अगस्टबाट बढेको हो ।