अमेरिका जाने हैन ? आजदेखि खुल्छ डिभिको आवेदन

पोखरा, असोज १६ ।
सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् । डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वा्चित भएपछि डिभी चिठ्ठा कार्यक्रम बन्द हुने हल्ला चले पनि उहाँको कार्यकालमा दोस्रो पटक डिभी खुलेको हो । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न नपाईने अमेरिकी दुतावासले जनाएको छ । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णतः पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न समेत दुतावासले आग्रह गरेको छ ।