अबैध भारतीय नोटसहित पोखराबाट एकजना पक्राउ

पोखरा, असोज १८ ।
अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार बुद्धएयरको फ्लाईट नं ६१२ बाट पोखराबाट काठमाण्डौ जान लागेका भारतको पश्चिम बंगाल कोलकता ३६ बर्षिय कृष्ण बेर्नजी पक्राउ परेका हुन् ।
उनको झोलामा खानतलासी गर्ने क्रममा भारतीय रुपियाँ २ हजार दरको नोट २१२ र ५ सय दरको नोट २१७ गरी जम्मा ५ लाख ३२ हजार ५ सय भारतीय रुपियाँ फेला परेको थियो ।
प्रहरीले थप अनुसन्धान तथा आबश्यक कार्बाहीको लागी बेर्नजीलाई राजश्व बिभाग काठमाण्डौ पठाएको छ ।