अफगानिस्तानसँगको वार्ता प्रयास अन्त्य भइसक्यो : अमेरिकी राष्ट्रपति

 

एजेन्सी, भदौ २४ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी यद्ध अन्त्यका लागि आफूले शान्ति वार्ताका लागि चालेको कदम अन्त्य भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले जारी गृहयुद्ध अन्त्यका लागि तालिवानी लडाकूहरुसँग वार्ताको प्रयास थालेपनि अफगानिस्तान सरकारकै कारण अघि बढ्न नसकेको आरोप लगाएका हुन् ।

वार्ताको मिति तय भएलगत्तै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको वार्ता भंग भएको घोषणा गरेका थिए ।

दुवै पक्ष सहमति नजिकै पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए । वार्ता भंग भएलगत्तै तालिवानी लडाकूहरुले निर्णय अपरिपक्व भएको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए ।

अमेरिकी सैनिक अफगाानिस्तानबाट फिर्ता नलगे उसले नोक्सानी व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

अफगानिस्तानमा सन् २००१ देखि अमेरिकाको अगुवाइमा शुरु भएको सैन्य कारवाहीमा तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकको मृत्यु भइसकेको छ ।

जसमध्ये दुई हजार तीन सय अमेरिकी सैनिक मारिएको बिबिसीले जनाएको छ ।