अपांग महासंघमा तीन महिनादेखि लागेको ताला खुल्यो

 

काठमाडौं, चैत ६ ।

नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको ताला बिहीबारबाट खुलेको छ ।

अवैधानिक निर्वाचन खारेज गर्नु पर्ने, संघभित्र भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने माग राखेर संघले तीन महिनादेखि तालाबन्दी गरिएको थियो ।

निर्वाचन गर्ने जिम्मेवारी पाएको गोकर्णेश्वर नगरपालिकाले वैधानिक निर्वाचन गर्ने प्रतिवद्धता जनापछि बिहीबार ताला खोलिएको हो ।

नगरपालिकाका मेयर सन्तोष चालिसेले बिहीबार एक कार्यक्रमकाबीच तालबन्दी खोलेर अपाङ्ग संघलाई गति दिने बताए ।

उनले अपाङ्गता भएका व्यक्तिहरुको मागलाई सकरात्मक रुपमा लिएको र वैधानिक निर्वाचन चाँडै गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन गर्नको लागि मेयर चालिसे संयोजक रहेको नौ सदस्यीय समिति बनाइएको छ । संघमा तालबन्दी गरीएका कारण अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी कष्टकर हुँदै आएको थियो ।

तालाबन्दी खोलेपछि मेयर चालिसेले कोरोना भाईरले पारेको असरको बारेमा अध्ययन गरी जनचेतनामूलक काम अगाडि बढाउने बताए ।
(ईमेजखबरबाट साभार)