अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको खाता रोक्का

 

८ माघ, काठमाडौं ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थिए ।

तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।
(अनलाइनखबरबाट साभार)