अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट

पोखरा, भदौ ३० ।
अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी अन्नतः यहि महिनाको २४ गतेबाट वन्द भएको हो । गत फागुन १८ गते बाट अधिकारिक रुपमा मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट सञ्चालनमा आउन सकेको थिएन ।
पटक पटक आन्दोलनरत मजदुर र व्यवस्थापनबीच सहमति हुने तर कार्यन्वयन नहुने समस्यका कारण रिसोर्ट सञ्चालनमै नआई बन्द भएको हो । पोखराको पहिचानका रूपमा रहेको रिसोर्ट महिनौंदेखि बन्द हुँदा त्यहाँ कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । पश्चिामाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार व्यवस्थापनले सबै कर्मचारीलाई दिनुपर्ने सबै सुविधा दिएर बिदा गरेको उनले बताए । ‘बन्द भएको अवधिको समेत आधारभूत तलब सहित दिनुपर्ने बाँकी सबै रकम दिएर व्यवस्थापनले हामीलाई बिदाइ गरेको हो,’
उनका अनुसार रिसोर्ट बन्द हुँदाको बेला काम नगरेको समयको समेत तलब पाएपछि सबै मजदुर रिसोर्टको सुविधा लिएर छाड्न तयार भएका हुन् । व्यवस्थापन र मजदुर विचभएको सम्झौता अनुसार ‘४० प्रतिशत तत्काल र ६० प्रतिशत रकम दुई महिना पछि भुक्तानी गर्ने गरी सहमति भएको हो ।
पहिलो किस्तामा नियमित कामगर्दाको रकम सवै र दोश्रो किस्ता अन्र्तगत संचयकोष र विवादित समयमा काम नगरेको ६ महिनाको नियमित तलव समेत पाउने गरी सहमती भएको हो । रिसोर्टका महाप्रबन्धक समिर कपिलले लामो समय रिसोर्ट बन्द भएको र कामदारका माग पूरा गर्न नसक्ने अवस्था आएपछि कार्यरत सबैलाई बिदा गरेको बताए । ‘मजदुरका माग पूरा गर्न व्यवस्थापनले भरमग्दुर प्रयास गरेको हो,’ कपिलले भने, ‘तर कामदार सहमतिमा आउन चाहेनन् । बारम्बार वार्ता भए पनि सहमति नभएपछि सधैंका लागि कामदार बिदा गरेका हौं ।’
पोखराको गहनाका रूपमा रहेको पाँचतारे रिसोर्ट बन्द हुँदा त्यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने अध्यक्ष तुलाचनले वताए । ‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्दैछ । पोखरामा फूलबारी जस्ता अरु पाँचतारे होटल चाहिन्छ,’ उनले भने । १९९८ मा सुरु भएको यो रिसोर्टमा करिब तीन अर्ब रूपैयाँ लगानी गरिएको छ । एक सय ४० कोठा रहेको रिसोर्टमा स्विट र डिलक्स रुमहरु मात्रै रहेका छन् ।
होटल संचालनको अवस्थावाटै समस्यामा परेको थियो स्थापना कालमा माओवादी द्धन्दका कारण समस्यामा परेको थियो । त्यति वेला थाईल्याण्डको व्यवसायीक समुह दुसित्थानीले व्यवस्थापनको जिम्मा लिएको थियो । र होटलको नाम पनि दुसित्थानी फुलवारी रिर्सोट राखिएको थियो । दुई वर्ष पहिला व्यवस्थापनले होटलकको स्टाण्डर्र कायम गर्न नसकेका कारण थाईल्याण्डको समुहले हात झिकेको थियो ।
अनि फुलवारी रिर्सोटका नामले आफ्नै व्यवस्थापनमा स.चालन गरेको थियो । डेढ वर्ष पहिले चारतको चेन होटल कम्पनी क्लार्कले व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता भयो तर संचालकले अन्तराष्ट्रिय स्तरको होटल वनाउन गर्नु पर्ने पुर्न निर्माण नगरेका कारण क्लार्कले पनि ६ महिना पनि नहुदै हात झिक्यो । त्यस पछि पुन अमात्यले आफ्नै व्यवस्थापनमा होटल संचालन गर्दै आएका थिए ।