अनेरास्ववियू पिएनका पुर्व अध्यक्ष काँग्रेसमा प्रबेश

पोखरा, कार्तिक २३ ।
एमाले निकट अनेरास्ववियु पृथ्वीनारायाण क्याम्पसका पुर्व अध्यक्ष गणेश रोकाया नेपाली काँगे्रसमा प्रवेश गरेका छन् । काँग्रेस कास्कीबाट क्षेत्र नम्बर २ का प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसे र चुनावी कमाण्डर शोभियतबहादुर अधिकारीले उनलाई पार्टी प्रबेश गराए । नेविसंघ पृना क्याम्पस पुर्व सभापति गोपाल गुरुङ र हालका इकाइ सभापति दीपक वाग्लेले रोकायालाई काँग्रेस प्रवेश गराउन मूख्य भूमिका निर्वाह गरेका थिए ।
नेपाली काँग्रेस कास्कीबाट आसन्न प्रतिनीधि तथा प्रदेश चुनावमा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुले तरुण दलका युवाहरुसँग भेटघाट गरेका छन् । चुनावमा तरुण दल कास्कीको भुमिकाको विषयमा भेटघाटको क्रममा छलफल भएको थियो ।
त्यस्तै नेपाली काँग्रेस वडा नम्बर ८ को ईकाई समिति भेला समेत बसेको छ । सोहि भेलाको क्रममा वडा नम्बर ८ का अनिल केसी र नयाँ शक्तिका सचिवालय सदस्य राजु पौडेल नेपाली काँग्रेसमा प्रवेश समेत गरेका थिए ।