अनेरास्ववियु कास्कीको डेंगु र सेतो पुतलीबारे सचेतनामुलक कार्यक्रम जारी

पोखरा, असोज २ ।
पोखरामा देखिएको डेंगुका विरामी बढिरहेको वेला अनेरास्ववियु कास्कीले डेंगु विरुद्ध सचेतना कार्यक्रमलाई निरन्तर रुपमा अगाडि वढाएको छ । सचेतना कार्यक्रम अन्तर्गत बिहीबार पोखरा १६ को विन्दवासिनी मावि बाटुलेचौर र शान्ती मावि अर्मलामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र सेतो पुतलीबाट सर्ने सापु रोगको बारेमा प्रशिक्षण सहित सचेतनामुलक कार्यक्रम गरिएको संगठनका अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

विगत १० दिन अगाडि बाट सुरु गरेको अभियानबाट कास्कीका विभिन्न ठाउमा गरी तीस हजर जना मानिसहरुले डेंगु र सापु रोगबाट बच्ने उपाय सिकेको समेत अध्यक्ष गौमतले वताए । विहीबार आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले विद्यार्थी नै पहिलो सुचना सम्प्रेषण गर्ने माध्याम भएकाले विद्यार्थीहरुले विद्यालयमा सिकेका कुरालाई तत्काल घरमा पुगेर आफ्ना परिवार संगै छिमेकलाई सचेत गर्नुपर्ने वताए ।

पोखराको ८ र ९ नम्बर वडा जुन डेंगु ग्रस्त क्षेत्रमा अभियान सुरु गरि आज सम्म धेरैले सतर्कता अपनाएकोले झोखिम न्यून भएको बताए कास्कीका तीस हजार नागरिक सग प्रत्यक्ष भेटेर सचेतता जगाइएको र आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने संगठनका अध्यक्ष गौतमले जानकारी दिए ।

सो अवसरमा वोल्दै डाक्टर सुन्दर रमण पराजुलीले लामखुट्टे को टोकाइबाट सर्ने भएकोले लामो बहुला बएको कपडा र जुत्ता लामो मजा लगाएर स्कुल आउन सुझाव दिए । डाक्टर पराजुलीले झोलिलो खनिकुरा खादा स्वास्थ्यमा धेरै फाइदा हुने बताए ।
यस्तै नेत्र रोग विशेषज्ञ सुबास नेपालले सेतो कालो धर्का भएको पुतली बाट जोगिन आग्रह गर्दै भने राती बत्तिमा आउने पुतलीबाट जोगियो भने सापु रोग बाट पनि बचिने बताए ।कार्यक्रमको संचालन अनेरास्ववियु कास्की का नेता माधब गौतमले गरेका थिए भने स्वागत अनेरास्ववियु क्षेत्रीय इन्चार्ज रोशन भट्टराईले गर्नुभएको थियो ।