अनशनरत् लक्ष्मण थारुको स्वास्थ्यमा ‘समस्या’

 

कैलाली, फागुन ३ ।

तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको बताए ।

टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित विभिन्न १४ बुँदे माग राख्दै लक्ष्मण धनगढीस्थित क्याम्पसचोकमा आमरण अनशनमा छन् ।
(ईमेजखबरबाट साभार)