स्कुटर चोर पक्राउ

भक्तपुर, बैशाख ५ ।
महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो ।

यही बैशाख २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२ नम्बरको स्कुटी चोरी गरेको आरोप लगेको छ । पछिल्ला दिनहरुमा स्कुटर र मोटरसाईकल चोरी निकै बढेको छ ।