संघीयताको विरोध–राजधानीमा समर्थन !

पोखरा, असार १९ ।
अधिकांश बैठकमा फरक मत राख्ने राष्ट्रिय जनमोर्चाले पनि राजधानी तोक्ने विषयमा कुनै फरक मत देखाएन । जनमोर्चाले प्रदेशको पहिलो बैठकमै संघीयताको विरोध गर्दै यसलाई बेलैमा छोड्न सुझाएको थियो ।

यद्यपी राजधानी तोक्ने बेला कुनै विरोध नगरी चुपचाप पोखराको समर्थन गरे । जनमोर्चाका कृष्ण थापा र पियारी थापाले आफ्ना धारणा राखेका थिए । उनीहरुले पोखरा भौगोलिक र ब्यापारीक, सांस्कृतिक रुपमा पनि उपयुक्त रहेको भन्दै राजधानी पोखरा राख्दा विमती नहुने उल्लेख गरे ।