लकडाउन झन् कडा, एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाईने

पोखरा, चैत २२ ।
चैत ११ देखि जारी लकडाउन अटेर गर्न थालेपछि सरकारले झनै कडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।
एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान नदिने गरी लकडाउनलाई कडा बनाईने सरकारका प्रबक्ता डा. यूवराज खतिवडाले जानकारी दिए ।
पहिलो चरणमा ११ देखि १८ गतेसम्म गरिएको लकडाउन थपेर २५ गते सम्म पु¥याईएको छ । त्यसपछि के गर्ने भन्ने टुंगो लागेको छैन । अहिले थपिएको लकडाउनको म्याद सकिनु अघि नै अर्को निर्णय हुने खतिवडाले बताए ।