प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते

पोखरा, असोज ३ ।
पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् ।
प्यारागलाईडिङ पाइलट धर्मेन्द्र गिरीको ढाड र बाँया खुट्टा फ्याक्चर भएको छ । उनको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । यस्तै सुष्मा शर्माको घाटीमा चोट लागेको छ । उनको गण्डकी मेडीकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
बुद्ध प्यारागलाईडिङबाट टेन्डम उडान गरेका उनीहरु सराङकोटबाट उडेका थिए । हावाहुरीका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।