पोखराको न्यूरोडमा बम भेटियो

पोखरा, बैशाख ५ ।
पोखराको न्यूरोडमा भेटिएको बम नेपाली सेनाको प्राबिधिक टोलीले निष्क्रिय पारेको छ । बिहिबार मध्यान्ह न्यूरोडस्थित पोखरा ट्रेडमलको पछाडी बिग एफएम नजिकै सडक छेउमा बम फेला परेको थियो ।

टिनको वट्टामा टेपले बेरेर तार जडान गरी राखिएको अवस्थामा फेला परेको बम एक महिलाले ल्याएर छाडेको स्थानीयले बताएका छन् । यस्तै, विहान पोखराको नदिपुर र लेखनाथ स्थित सैनिक बस्तीमा पनि बम भेटिएको थियो ।